विद्युत खपत बढाउन इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिने





 

विद्युत खपत बढाउनका लागी इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिन उर्जा, जलस्रोत तथा सिचाँई मन्त्रालयले प्रस्ताव गरेको छ । मन्त्रालयले अर्थ मन्त्रालय समक्ष इन्डक्सन चुल्होमा ५० प्रतिशत अनुदान दिन प्रस्ताव पठाएको हो ।

विद्युतको आपूर्ती बढिरहेकोले त्यसको खपत बढाउनका लागी इन्डक्सन चुल्होको प्रयोग बढाउने लक्ष्यसहित इन्डक्सन चुल्होमा उनुदान दिन लागिएको हो ।

हाल मुलुकमा १२२५ मेगावाट उत्पादन भइरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म मुलुकमा थप १ हजार मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जाडिन्छ ।

उत्पादित विद्युत् खेर जान नदिन तथा यसको प्रयोग बढाउनका लागि उर्जा मन्त्रालयले विद्युतीय सवारी साधनको प्रयोग र इन्डक्सन चुल्होको प्रयोग बढाउने नीति लिएको छ ।