वातावरण दिवसमा अन्नपूर्ण मिडियाको विद्युतीय सवारी र्याली

काठमाडौं : काठमाडौं : विश्व वातावरण दिवसका अवसरमा अन्नपूर्ण मिडिया नेटवर्कले आइतबार विद्युतीय सवारी र्याली गरेको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस सन् १९७३ देखि हरेक वर्ष ५ जुनमा
मनाउने गरिन्छ।
अन्नपूर्णको कर्पोरेट कार्यालय तीनकुनेबाट सुरु भएको र्याली गौशाला, महाराजगन्ज, बालाजु, सोह्रखुट्टे हुँदै पुनः तीनकुनेमै आएर समापन गरिएको थियो । त्यस क्रममा विद्युतीय कार, स्कुटर, मोटरसाइकललगायत सवारी साधन प्रयोग गरिएको थियो।
र्यालीको उद्घाटन नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापा र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसूदन अधिकारीले बिरुवामा पानी हालेर गरेका थिए। नेटवर्कका अध्यक्ष थापाले भोलिका सन्ततिका लागि आजदेखि नै वातावरण संरक्षणमा योगदान दिनुपर्ने बताए। वातावरण विनाश भइरहेकाले यसको संरक्षण सबैको कर्तव्य भएको अध्यक्ष थापाको भनाइ थियो। विश्वमा बढ्दो जनसंख्या, बदलिँदो मानव व्यवहार, विकास निर्माणका कारणले वातावरणको नाश भइरहेको भइरहेको छ। यसले प्रकृतिको विनाश, भूक्षय, प्रदूषण तथा जलवायु परिवर्तनका समस्या बढ्दै छन् । जसकारण वातावरण संरक्षणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्था, सरकार र निजी क्षेत्रले हातमालो गरी अघि बढ्नुपर्नेमा अध्यक्ष थापाको जोड थियो।
केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले मानवीय गतिविधिले वातावरण दूषित भएको बताए। अबका क्रियाकलाप वातावरणमैत्री हुनुपर्ने डा. अधिकारीको भनाइ थियो । उनले प्रकृतिको दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सूचना प्रविधिबीच सन्तुलन कायम राख्न सबै प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गरे।
दिगो विकास, वातावरण संरक्षण, संवद्र्धन तथा व्यवस्थापनको दिशामा योजना तथा कार्यक्रम परिलक्षित हुन जरुरी रहेको उनको भनाइ थियो। उनले दैनिक आवश्यकता पनि वातावरणमैत्री हुन जरुरी रहेको बताए। यसका लागि अब सवारीसाधन प्रयोग गर्दा वातावरणमैत्री किन्नुपर्नेमा उनको जोड थियो।
तस्बिरहरु : अशोक दुलाल र सुनिता डंगोल