परिचय

वरिष्ठ नवीकरणीय ऊर्जा विज्ञ डा. मधुसुधन अधिकारीको जन्म सन् १९६७ नोभेम्बर २४ तारिखको दिन पिता स्वर्गीय देवीरमण अधिकारी तथा माता स्वर्गीय गोमादेवी अधिकारीको कनिष्ठ सुपुत्रको रुपमा गण्डकी अञ्चल, कास्की जिल्लाको पर्यटकीय गाउँ धम्पुसमा भएको हो सन् १९९२ मा भारतको चण्डीगढस्थित पञ्जाव इञ्जिनियरिङ्क कलेजबाट मेकानिकल इञ्जिनियरिङ्कको अध्ययन पूरा गर्नुभएका डा. अधिकारीले सन १९९५ मा त्रिभुवन विश्वविद्यालयबाट एम.बि.., सन् २००३ मा नेदरल्याण्डको मास्ट्रिच स्कुल अफ म्यानेजमेन्टबाट दोस्रो एमबिए अध्ययन सम्पन्न गर्नुभएको थियो त्यसैगरी सन् २००८ देखि २०१० सम्म काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टबाट एमफिल ९ः।एजष्०ि को अध्ययन पूरा गर्नुभएको थियो

अधिकारीले सन् २०२१ अगष्टमा त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थानबाट विद्यावारिधी उपाधी हासिल गर्नुभएको हो नेपालमा ग्रामीण विद्युतीकरणका अवरोध÷बाधक तत्वहरुको पहिचान, वर्गीकरण प्राथमिकीकरणविषयमा गर्नुभएको शोधको लागि त्रिभुवन विश्वविद्यालयले उहाँलाइ विद्यावारिधी उपाधी प्रदान गरेको हो नेपालजस्तो विकासोन्मुख मुलुकमा ग्रामीण क्षेत्रमा विद्युतको पहुँच पुग्न कठिनाई भइरहेको, तत्कालीन अवस्थामा ४० प्रतिशत घरधुरीमा मात्र विद्युत पहुँच पुगेको, ऊर्जा संकटको कारण दैनिक १३ घण्टासम्म लोडसेडिङ भएको तत्कालीन परिप्रेक्ष्यमा त्यसका अवरोधक तत्वहरुमा उहाँले अनुसन्धान शुरु गर्नुभएको थियो अध्ययनको क्रममा पहिचान भएका करीब ३० वटा अवरोधक तत्वहरुलाई प्रकारमा वर्गीकरण गरी सो वर्गीकरणलाई उहाँले नीतिगत तहमा कार्यरत, कार्यान्वयन तहमा कार्यरत तथा उपभोक्ता तहमा कार्यरतमध्ये १३१ जनाबाट प्राप्त तथ्यांकको आधारमा प्राथमिकीकरण गर्नुभएको थियो प्राप्त तथ्यांकलाई निष्कर्षमा पु¥याउनको लागि उहाँले ःगतिष् अचष्तभचष्ब मभअष्कष्यल बलबथिकष्क को ब्लबथितष्अ ज्ष्भचबचअजष्अब िएचयअभकक भन्ने मोडेलको प्रयोग गर्नुभएको थियो प्राप्त निष्कर्ष नेपालमा ग्रामीण विद्युतीकरणको नीति निर्माणको लागि फलदायी हुने अपेक्षा रहेको नवीकरणीय ऊर्जाको नीतिगत सवालमा विशेष दख्खल राख्नुहुने डा. अधिकारीको जलविद्युत विकास, ग्रामीण विद्युतीकरण   नवीकरणीय ऊर्जाको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरी २८ वर्षभन्दा बढीको अनुभव रहेको डा. अधिकारी हाल वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ

सन् १९९२ मा युनाइटेड मिसन टु नेपालको सहयोगमा सञ्चालित डेभलपमेन्ट एण्ड कन्सल्टेन्सी सर्भिस, बुटवलबाट लघु जलविद्युत प्रोजेक्ट इञ्जिनियरको रुपमा नेपालको ग्रामीण विद्युतीकरणको क्षेत्रमा पेशागत प्रवेश गर्नुभएका डा. अधिकारीले सन् १९९६ सम्म सोही संस्थामा कार्य गर्नुभयो सन् १९९६ देखि सन् २००६ सम्म नेपाल हाइड्रो इलेक्ट्रिक (एन.एच.) लिमिटेड बुटवल पावर कम्पनी लिमिटेडको सहायक कम्पनीमा इञ्जियिनरिङ्ग प्रोजेक्ट म्यानेजमेन्ट विभागको व्यवस्थापकको रुपमा कार्य गर्नुभएको थियो सो अवधिमा उहाँले पुवाखोला (. मेगावाट) खिम्ती (६० मेगावाट), मोदीखोला (१४. मेगावाट), चिलिमे (२२ मेगावाट), कालीगण्डकी (१४४ मेगावाट), मध्यमस्र्याङ्दी (७० मेगावाट) जस्ता जलविद्युत आयोजना निर्माणको लागि कार्यरत संस्थाको तर्फबाट कम्पनीले लिएको कामका नेतृत्व गर्नुभएको थियो

सन् २००६ देखि २०१२ सम्म नेपाल सरकार डेनमार्क तथा नर्वे सरकारको सहयोगमा सञ्चालित ऊर्जा क्षेत्र सहयोग कार्यक्रममा सौर्य ऊर्जा कम्पोनेन्टको म्यानेजरको रुपमा कार्य गर्नुभयो भने सन् २०१२ देखि २०१५ जुलाइसम्म नेपाल सरकार विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतीकरण कम्पोनेन्टको राष्ट्रिय सल्लाहकारको रुपमा कार्य गर्नुभयो त्यस्तै सन् २०१५ देखि सन् २०१६ सम्म राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमको समग्र सञ्चालन पक्षको संयोजनको जिम्मेवारी सहित राष्ट्रिय सल्लाहकारको रुपमा कार्य गर्नुभयो

सन् २०१६ फेब्रुअरी  देखि मे महिनासम्म एशियाली विकास बैंक (एडिबी)को नेपाल स्थित कार्यालयमा वरिष्ठ नवीकरणीय ऊर्जा विज्ञको रुपमा छोटो अनुभवपछि सन् २०१६ को मे  देखि सन् २०१९ को फेब्रुअरी सम्म विश्वबैंकको तर्फबाट  म्यानमारको नेशनल इलेक्ट्रिफिकेशन प्रोजेक्टमा अन्तराष्ट्रिय सल्लाहकारको रुपमा कार्यरत रहनुभयो सन् २०१९ फेब्रुअरीमा नेपाल सरकारले उहाँलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेको हो हाल सोही पदमा कार्यरत हुनुन्छ

 

डा. अधिकारीको नवीकरणीय ऊर्जा क्षेत्रको नीतिनिर्माण, व्यवस्थापकीय तथा नेतृत्व तहमा उल्लेख्य योगदान रहीआएको विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरुमा उहाँका नवीकरणीय ऊर्जा सम्बन्धी अनुसन्धानात्मक आलेखहरु प्रकाशित छन् डा. अधिकारीले जापान, डेनमार्क, स्पेन, चीन, थाइल्याण्ड, नर्वे, स्विडेन, नेदरल्याण्ड्स्, बेल्जियम, फ्रान्स, जर्मनी, अष्ट्रिया, लक्जेम्बर्ग, श्रीलंका, बंगलादेश, फिलिपिन्स, इण्डोनेशिया, मलेसिया, सिंगापुर, म्यानमार, भुटान, भारत, केन्या, स्वीजरल्याण्ड, युनाइटेड अरब इमिरेट्स्, बेलायत, स्कटल्याण्ड गरी २७ वटा राष्ट्रको भ्रमण गर्नुभएको




वेवसाइट सञ्चालनको प्रमुख उद्देश्य डा. अधिकारीका विभिन्न कालखण्डमा प्रकाशन तथा प्रशारण भएका आलेखहरु, अन्तर्वार्ता, श्रव्य दृष्य लगायतका बौद्धिक सम्पत्तिलाई संग्रहित गर्नु रहेको छ ।




हाम्रो उदेश्य

वेवसाइट सञ्चालनको प्रमुख उद्देश्य डा. अधिकारीका विभिन्न कालखण्डमा प्रकाशन तथा प्रशारण भएका आलेखहरु, अन्तर्वार्ता, श्रव्य दृष्य लगायतका बौद्धिक सम्पत्तिलाई संग्रहित गर्नु रहेको छ ।

Clients Logo